डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मंगलबारदेखि डेनमार्क र दक्षिण कोरियामा पनि अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ। टेलिकमले डेनमार्कको टेलिनोर र दक्षिण कोरियाको एसके टेलिकमसँग सेवा सुरुसम्बन्धी सम्झौता गरेको छ।
अब क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान-आरओसीसहित विश्वका ८ देशका ९ वटा सेवा प्रदायकहरूमार्फत यो सेवा प्रयोग गर्न सक्ने भएका छन्।
अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामार्फत विदेशमा रहँदा पनि नेपालमा जस्तै एचडी गुणस्तरको भ्वाइस कलका साथै डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। सेवा प्रयोग गर्नका लागि मोबाइल सेटले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ र सेटमा सो सेवा ‘एक्टिभेट’ गरिएको हुनुपर्छ।
मोबाइलको स्क्रिनमा ‘एचडी’ वा ‘भोल्टी’ लेखिएको संकेत देखिएमा यो सेवा सक्रिय रहेको बुझिन्छ। यदि मोबाइलमा सेवा सक्रिय छैन भने ग्राहकले *४४४# डायल गरी ‘एक्टिभ भोल्टी’ विकल्प छनौट गरेर सेवा सुचारु गर्न सक्ने टेलिकमले जनाएकाे छ।
















प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया