निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रहरीले थापालाई जेठ २१ गते पक्राउ गरी २३ गते हाजिर जमानीमा छाडेको थियो। थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त कायम भएका छन्।
तीनै जनाविरुद्ध प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। उक्त चलचित्र निर्माण गर्दा थापा निर्देशक थिए।
निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर सम्झौताविपरीत निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख रूपैयाँ बराबरको हानी पुर्याएको उनले आरोप लगाएका थिए।
निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले १९ फागुन २०७९ मा चलचित्र प्रदर्शन गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेकोे निर्माताको आरोप थियो ।
विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रमा १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया