शुक्रबार, पुष २५, २०८२

पावर प्लेमा नेपालको शानदार बलिङ

मेरोन्यूज २०८१ असार ३ गते ६:२६

काठमाडौँ । नेपालले बंगालदेशविरुद्ध पावर प्लेमा शानदार बलिङ गर्दै चार विकेट लिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले ६ ओभरमा आफ्ना चार प्रमुख ब्याट्सम्यानलाई गुमाएर ३१ रन बनाएको हो ।

बंगलादेशका तान्जिद हसन शुन्य, लिटन दास १०, कप्तान नाजमुल होसैन शन्तो ४ र टोविद हृदयले ९ रन बनाएर आउट भएका छन् । 

नेपालका लागि सोमपाल कामिले पहिलो बलमै विकेट दिलाएका थिए । उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका छन् ।
  

प्रतिक्रिया