बुधबार, वैशाख १६, २०८३

पाल्पाबाट सुन चोरिमा संलग्न १ जना पक्राउ

मेरोन्यूज २०८१ असार ३ गते १०:४२

पाल्पा । पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement
NiccNicc

उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२-०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान  सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको ।

प्रतिक्रिया