आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ ।
सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीङ्लका ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ ।
यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् । श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१/३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११/११ रन बनाए । आर्यन दत्तले १० रन जोडे ।
श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६/४६ रनको योगदान दिए ।
त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए ।
३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११÷११ रन बनाए । आर्यन दत्तले १० रन जोडे ।
श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६÷४६ रनको योगदान दिए ।
त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए ।

सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया