शुक्रबार, पुष ४, २०८२

करेन्ट चाउचाउको कपोकल्पित र प्रायोजित प्रचार गरियो, कानुनी कारवाहीमा अगाडी जान्छौं

मेरोन्यूज २०८१ असार ३ गते १८:२०

काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफ्ना उत्पादन बारेमा गरिएको कपोकल्पित प्रचारलाई विश्वास नगर्न अपिल गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै यशोदा फुड्सले स्वदेसी लगानीमा अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोकिएको र भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा बार्षिक ६० करोड भन्दा बढीको निर्यात समेत गरिरहेको अवस्थामा प्रायोजित रुपमा आफ्ना उत्पादनविरुद्ध समाचार प्रकासित गरिएकोप्रति सजक रहेको उल्लेख गरेको छ । साथै कम्पनिले यस्ता कपोकल्पित र प्रायोजित प्रचारका विरुद्ध कानुनी कारवाहीमा अग्सादी बढेको जनाएको छ ।

यशोदा फुड्सको विज्ञप्ति: 

प्रतिक्रिया