नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा रोकिएको छ ।
आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले, विन नेपाल लघुवित्तको ६.२०, दिव्यश्वरी हाइड्रोपावरको ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा बरुण हाइड्रोपावरको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ । यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९-९ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया