दासत्व पीडितहरूको स्मृति दिवस आज
मेरोन्यूज
२०८२ चैत ११ गते ६:५७

काठमाडौँ। आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।
सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो ।
त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो । सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो ।
सम्बन्धित
















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया