बिहीबार, असार १३, २०८१

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा सञ्चालनमा

मेरोन्यूज २०८१ असार ४ गते २०:२१

काठमाडौं । प्रभु बैंक लिमिटेडले आजबाट मुगुको छायानाथ रारा नगरपालिका,वडा नं.०२ मा स्थित गमगढिमा ३०६औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

Advertisement

बैंकको गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

प्रतिक्रिया