श्रद्धा कपुरले स्वीकारिन् प्रेम सम्बन्ध, काे हुन् प्रेमी ?
मेरोन्यूज
२०८१ असार ५ गते १८:०५

नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपुरले आफू प्रेममा रहेको पुष्टि गरेकी छिन् । उनले लामो समयदेखि राहुल मोदीलाई डेट गरिरहेको हल्ला चलेको थियो । केही सञ्चारमाध्यमले उनी छिट्टै विवाह गर्ने योजना बनाइरहेको दाबी पनि गरेका थिए ।
यसैबीच श्रद्धा कपुरले राहुल मोदीसँगको आफ्नो सम्बन्धलाई अफिशियल गर्दै एउटा पोस्ट सेयर गरेकी छिन् ।
उनले इन्स्टाग्राम स्टोरीमा राहुलसँग एउटा सेल्फी पोस्ट गरेका छिन् । पोष्टमा मुटुको इमोजीको साथमा ‘मुटु राख तर निद्रा त फिर्ता देउ’ भनेकी छिन् ।
श्रद्धा–राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’को सेटमा भएको बताइएको छ । यही सेटबाट दुवैको प्रेम कथा सुरु भएको हल्ला सुन्नमा आएको छ ।
अभिनेत्रीले आफ्नो सोशल मिडिया ह्यान्डलमा राहुलसँग खिचेको फोटो सेयर गरेको यो पहिलो पटक हो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया