पोखरामा योग प्रदर्शन

काठमाडौँ । भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शन आयोजना गरेको छ।
स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ। आज आयोजित उक्त योग प्रदर्शनमा स्थानीय प्रशासन प्रमूख, विभिन्न योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी र स्थानीय समुदायको सहभागिता थियो।
विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधि प्रस्तुत गरिएको सो प्रदर्शनमा प्रशिक्षकले योगसत्रको शृङ्खला बिहानदेखि सुरु गरेका थिए। शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै सहभागीलाई यसका फाइदाबारे जानकारी गराइएको थियो। भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको जनाएको छ।
उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा प्रेमनारायण अर्याल प्रमुख अतिथिका रुपमा सहभागिता थियो। उनले कार्यक्रम आयोजना गरेकामा भारतीय राजदूतावासलाई धन्यवाद दिए। विचारशील र स्वस्थ जीवनका लागि योगले पुर्याउने फाइदाबारे बुझ्नुपर्ने उनको भनाइ थियो।
योग प्रशिक्षकले योगका फाइदा र दैनिक जीवनमा यसको व्यावहारिक उपयोगिताबारे व्याख्या गर्नुभएको थियो। आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्नेबारे जानकारी दिएका आयुर्वेदविज्ञका परामर्शबाट पोखरा विश्वविद्यालयका विद्यार्थी लाभान्वित भएका छन्।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया