माईखोलाको बाढीले ३ परिवार विस्थापित

बनियानी (झापा)। ले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् ।
टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ । खोलामा शव फेला झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मृतकका आफन्तले घटनास्थलम आएर सनाखत गरेपछि पहिचान खुलेको उनले बताए ।
रतुवाखोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।











नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया