माईखोलाको बाढीले ३ परिवार विस्थापित

बनियानी (झापा)। ले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् ।
टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ । खोलामा शव फेला झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मृतकका आफन्तले घटनास्थलम आएर सनाखत गरेपछि पहिचान खुलेको उनले बताए ।
रतुवाखोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
















सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया