दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८७ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट आएको हो ।
तर बुधबारको तुलनामा बिहीबार कारोबार भने बढी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
२.२७ अंकले नेप्से सूचक बढको बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ ।
५२ वटा कम्पनीको सेयर मूल्य बिहीबार बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
बिहीबार सबैभन्दा बढी कमाउनेमा कालिका लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले ७.७१ प्रतिशतले कमाएका छन् भने कुथेली बुकारी स्मल हाइड्रोपावर कम्पनीका सेयर धनीले ९.२८ प्रतिशतले गुमाएका छन् ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया