काठमाडौँमा पहिलो आँप उत्सव भोलिबाट

काठमाडौँ । गृष्म ऋतु भनेको नै फलको ‘राजा’ आँपको मौसम हो । अहिले आँप उत्पादन हुने समथर तराइमात्रै होइन, काठमाडौँ उपत्यका र प्रमुख शहरहरु आँपमय भएका छन् । कालीमाटीको थोक बजारमा थोरै लिचि र बाँकी आँपकै भण्डार देखिन्छ ।
खर्बुजा र अरु फलफूल पनि छन् । तर ज्यादा मान्छेको आँखा आँपमै छ । स्वाद आँपकै छ । मौसम अनुसारको फल खानु त परिहाल्यो । तर आँप संस्कृति पनि हो । अब यसलाई मेलाको रुपमा पनि प्रदर्शन गर्न थालिएको छ ।
यो सालको पहिलो आँप मेला यसै साता हुने भएको छ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि आइतबारसम्म काठमाडौँमा ‘म्याङ्गो फेस्ट’ आयोजना हुन लागेको हो ।
किसान भेञ्चर्स र काठमाडौँ अर्गानिक्सले उक्त मेला आयोजना गर्न लागेका हुन् । उक्त मेला पहिलो दिन पानीपोखरीको ‘वालनट विस्ट्रो’मा आयोजना हुने छ ।
दोस्रो दिन (शनिबार) विहान ८ देखि १ बजेसम्म लाजिम्पाटको ‘फार्मर्स कार्केट ले शेर्पा’मा र २ बजेदेखि साँझ ६ बजेसम्म बौद्धको उत्पला क्याफेमा मेला आयोजना हुने छ । आइतबारको अन्तिम हाट भने बाँसबारीको ‘काठमाडौँ अर्गानिक’ र ललितपुरको झम्सिखेलस्थित ‘द गार्डेन्स’मा आयोजना हुने छ ।
मेलाका दौरान आँप खाने प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ । फेस्टमा तराइका सर्लाही, सप्तरी र सिराहाका ५० किसानबाट किनेर ल्याइएका विभिन्न १५ प्रजातीका आँप राखिने आयोजकले जनाएको छ ।
मेलामा १० वटा स्टलहरु राखेर माल्दा, बम्बै, कृष्णभोग, मल्लिका, आम्रपाली, दशहरि, कलकतिया लगायत जातका आँप विक्री गरिने आयोजकले बताएको छ । मेलामा आँपका साथै आँपबाटै बनेको अचार, पाउडर, चाना, जाम लगायत पनि विक्रीका लागि राखिने छ ।
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया