रूसी नेता पुटिन थप शक्तिशाली कि कमजोर ?

वार्सा । रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ पठाएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कमजोर भएको रूसी विश्लेषकले बताएका थिए । तर एक शताब्दीको लगभग एक चौथाई आफ्नो सत्तालाई सबैभन्दा गम्भीर चुनौती दिएको एक वर्ष नबित्दै नेता पुटिन अहिले पहिलेभन्दा बढी सुरक्षित देखिएक छन् ।
विद्रोहको दुई महिनापछि विमान दुर्घटनामा प्रिगोजिनको मृत्यु भएको थियो । विद्रोहबाट प्रोगोजिनका वाग्नर लडाकूले दक्षिणी शहर रोस्तोभ–अन–डोनमा रूसको सेनाको मुख्यालय कब्जा गरेका थिए । उनीहरूले सैन्य विमानलाई गोली हाने र बेलारुसले २४ घण्टे विद्रोह अन्त्य गर्ने सम्झौतामा मध्यस्थता गर्नु अघि राजधानी मस्कोतर्फको आधा बाटोमा पुगेका थिए ।
त्यसपछि पुटिनले एउटा नयाँ नियम लागू गर्दै कसैलाई पनि फेरि उही स्तरको स्वायत्तताको अनुमति नदिइने घोषणा गरेका थिए ।
“प्रिगोजिनको उदय हुनुअघिसम्म हामीसँग कुनै पनि मुद्दा थिएन । एक बलियो सैन्य एकाइका कमान्डरसँग एकै समयमा आर्थिक, राजनीतिक र सञ्चार स्रोतहरू थिए,” अन्तर्राष्ट्रिय मामिलासम्बन्धी थिङ्क ट्याङ्क (चाथम हाउस) का सदस्य निकोलाई पेट्रोभले भने ।
वाग्नरको जनशक्तिको आवश्यकता देखेर पुटिनले प्रिगोजिनलाई दिइएका सबै स्वायत्तताका लागि दिएका थिए । यो उनीहरूको घनिष्ठ व्यक्तिगत सम्बन्धको कारण मात्र होइन तर युक्रेनमा रूसको जमिनी आक्रमणले गति गुमाउँदै थियो र उनलाई वाग्नरको जनशक्तिको आवश्यकता थियो ।
पेत्रोभले भने, “यो एक महङ्गो तथा त्रुटिपूर्ण निर्णय थियो र त्यसपछि पुटिनले स्रोतको बाँडफाँड गर्दा नियन्त्रण र वफादारीलाई प्राथमिकता दिनुभएको छ ।”
पुटिनविरूद्ध कोही पनि विश्वासघाती नभएको भने होइन, ७१ वर्षीय पुटिनले ‘रूसी राजनीतिमा सबैभन्दा महत्वपूर्ण खेलाडीमाथि प्रत्यक्ष र निरन्तर नियन्त्रण’ चाहेका छन् ।
विडम्बनाको कुरा, नेता पुटिनले हालैका हप्ताहरूमा देशको सैन्य प्रतिष्ठानमा व्यापक परिवर्तन गर्न आदेश दिएका छन् । यो प्रिगोजिनको विद्रोह पूर्वको मागहरूमध्ये एक थियो ।
रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाइएको छ भने भ्रष्टाचारको आरोपमा कैयौँ वरिष्ठ सैनिक अधिकारीलाई पक्राउ गरिएको छ ।
पुटिनले प्राविधिक अर्थशास्त्री तथा एक सैन्य शक्तिशाली व्यक्ति आन्द्रेई बेलोसोभलाई आफ्नो नयाँ रक्षा प्रमुखको रूपमा नियुक्त गरेका छन् । पेट्रोभका अनुसार फेरि कुनै पनि प्रभावशाली नेतालाई बेवास्ता गरे यसले सेनाको हितलाई बढावा दिन सक्छ ।
प्रिगोजिनले व्यापक भ्रष्टाचार, रणनीतिक अयोग्यता र युक्रेन आक्रमणलाई विफल पारेको आरोप लगाएपछि पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई समर्थन गरेको एक वर्षअघिको तुलनामा यो फेरबदलले परिवर्तनलाई चिह्नित गरेको छ ।
पुटिनले यो फेरबदल राजनीतिक दबाबका कारण नभई आवश्यकताका कारण दिएका थिए।
“उहाँले यी कदम चाल्न र वरिष्ठ सैन्य व्यक्तित्वको हित र जीविकोपार्जनलाई चुनौती दिन सक्षम हुनु उहाँको कमजोरीभन्दा पनि शक्तिको प्रतीक हो,” इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज रसिया एण्ड युरेसियाका बरिष्ठ सदस्य नाइजेल गोल्ड डेभिसले भने ।
– ‘प्रभुत्व’ –
नेता पुटिनले गत मार्चमा भएको राष्ट्रपतीय चुनावमा ८७ प्रतिशत भारी मतले विजय हासिल गरेर आफ्नो शक्ति प्रदर्शन गरेका थिए ।
यो मतदानले पुटिनले आफूले चाहेको कुनै पनि कुरा कोर्न सक्ने र जनतालाई त्यसलाई स्वीकार गर्न बाध्य पार्न सक्ने देखाएको गोल्ड डेभिसले बताए । “यो उनको प्रभुत्व र शक्तिको अभिव्यक्ति हो कि उनी यसबाट भाग्न सक्दछन्, आधिकारिक, प्रकाशित परिणामको सट्टा कुनै पनि तरिकामा वास्तविक समर्थन प्रतिबिम्बित गर्दछ,” उनले भने ।
पेत्रोभका अनुसार पुटिनले ‘सकेसम्म धेरै मत प्राप्त गरेको पुष्टि गर्न रुचाउँछन् । पुटिनको विशाल बहुमत पनि सुनियोजित थियो । परिणाम ‘सांकेतिक’ थियो । उनले आफ्नो लोकप्रियता ‘युद्ध अघिको भन्दा धेरै उच्च छ’ भनेर देखाउनुपरेको पेत्रोभले एएफपीसँग बताए ।
पुटिनका एक मात्र वास्तविक राजनीतिक प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेलमा १९ वर्षको जेल सजाय काटिरहेका बेला निधन भएको थियो ।
गोल्ड डेभिसले भने, “अन्य दमनकारी उपाय र अन्य व्यक्तिमाथि लगाइएका अनुकरणीय जेल सजायसँगै नेता पुटिनले अहिले जनसङ्ख्याको ठूलो हिस्सालाई तर्साउनुभएको छ ।”
उनले भने, यसको अर्थ क्रेमलिनको समर्थन गहिरो छ भन्ने हुँदै होइन ।”
सन् २०२३ को जुन २३ देखि २४ सम्म भएको विद्रोहका क्रममा पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले रूसको आणविक शस्त्रागार ‘डाकुहरू’को हातमा पर्न नदिन चेतावनी दिनुभएको थियो र अन्य क्षेत्रीय अधिकारीहरूले शान्त रहन आग्रह गर्दै कडा वक्तव्य जारी गरेका थिए तर पुटिनको पक्षमा व्यापक विरोध वा सार्वजनिक रूपमा समर्थन गरिएको थिएन ।
दक्षिणी शहर रोस्तोभ–अन–डनका तस्वीरहरूमा विद्रोहको बीचमा प्रिगोजिन र उनका वाग्नर पुरुषहरूसँग मुस्कुराइरहेका, जयजयकार गरिरहेका र सेल्फी लिइरहेका देखिन्छन् ।
“विद्रोहप्रति लोकप्रिय र सम्भ्रान्त दुवै प्रतिक्रियाले पुटिन वा युद्धका लागि थोरै प्रामाणिक उत्साह रहेको देखाएको छ,” गोल्ड डेभिसले भने, “अधिकांश रूसी नागरिक बरू आफ्नो टाउको झुकाउने तर पुटिनको विरोधमा नआउने चाहना राख्छन् । यो उनीहरूको युद्ध र शासनसँग आफुहरूलाई नजोड्ने इच्छा हो ।” रासस
















अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया