शुक्रबार, पुष ४, २०८२

पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने

मेरोन्यूज २०८१ असार ७ गते २२:१२

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुने छ । उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ । यस्तै असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

मतदान सकिएपछि मतगणना गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया