शुक्रबार, पुष ४, २०८२

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला

मेरोन्यूज २०८१ असार ८ गते ७:१५

चितवन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने बताइएको छ । दुईतर्फी सवारी सञ्चालनका लागि पहिरो पूर्ण रूपले पन्छाउने काम भइरहेको छ । 

गएराति १ः१० मा सिमलताल नजिक आएको पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको थियो । 

प्रतिक्रिया