अमेरिकाविरुद्ध वेस्ट इन्डिज : ९ विकेटको शानदार जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ ।
सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा भेट्टाएको हो । वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो ।
वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही होपले नटआउट ८२ रन बनाए । ३९ बल खेलेका उनले ८ छक्का र चार चौकाको मद्दतमा ८२ रन बनाए । निकोलास पुरणले नटआउट २७ रन जोड्दा जोनसन चार्ल्स १५ रनमा आउट भएका थिए ।
अमेरिकाका लागि हरमित सिंहले मात्र एक विकेट लिए ।
टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको थियो ।
अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए । अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए ।
वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारेका थिए । उसका लागि अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिएका थिए ।
विश्वकपको सुपर–८ को समूह–२ मा वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । पहिलो जितसँगै वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको अमेरिका भने यो हारसँगै दुई खेल खेल्दा अंकबिहीन छ ।
यो समूहको दक्षिण अफ्रिका चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेलेको इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया