५ वर्षसम्म पनि बनेन गान्धी मनमोहन मार्ग

पथरी। मोरङको रंगेली देखि गान्धीआश्रम हुँदै पथरी जोड्ने गान्धी मनमोहन मार्ग विगत ५ वर्ष देखि लथालिङ्ग अवस्थामा छ । कान्छाराम कन्ट्रक्सनको लाहपर्वाहीका कारण यस क्षेत्रका बासिन्दाले वर्खामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।
२०७६ साल कार्तिकमा नेपाल सरकारले १ अर्ब ५५ करोड ७३ लाख रुपैँयामा २५ किलोमिटर बाटो कालोपत्रे गर्नका लागि सम्झौता गरेको थियो । ३ वर्षमा निर्माण कार्य सक्नेगरी सम्झौता भएपनि पटक पटक म्याद थप गर्दा पनि हालसम्म सडकको नाला बाहेकको काम भएको छैन् । पटक पटक पहल गर्दा पनि काम गर्न तत्परता नदेखाएको निर्माण कम्पनीले हालसम्म नालाको काम मात्रै गरेको छ । सडकमा पानी जम्ने, मान्छै नै लड्नेगरीका ठुला ठुला खाल्डा परेपछि समस्या भएको रंगेली ७ का सत्यनारायण शाहले बताए ।
उक्त सडक निर्माणका लागि रंगेलीको भोटेबाबु चोकदेखि सुनवर्षीको सिमानासम्म नगरपालिकाले ५२ फुट सडक निर्माणका लागि आवश्यक संरचनाहरू सबै हटाएर तयारी अवस्थामा राखेको छ तर निर्माण कम्पनी कानका तेल हालेर बसेको अवस्था छ । विद्यार्थीहरु विद्यालय जाँदा जाँदै हिलै हुने अवस्था रहेको स्थानीय सम्पत राजवंशीले बताए ।
यो सडक निर्माणका लागि पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकाका मेयरहरुले पटक पटक जिल्ला पशासन कार्यालयमा छलफल राख्दा समेत काम हुन सकेको छैन् । अब पनि काम नगरे नगरसभा सकेर प्रकृया अनुसार नगरले नै काम थाल्ने रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जनाएका छन् ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया