आइतबार, वैशाख २७, २०८३

अफगानिस्तानमा ६० विदेशीसहित २० हजार कैँदी सजाय भौग्दै

मेरोन्यूज २०८१ असार ८ गते १८:४९

अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् ।

Advertisement
NiccNicc

अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी टोलो न्यूजले जनाएको छ।

विभिन्न अपराधमा विदेशी कैँदी जीवन बिताइरहेको र कारागारमा कुनै यातना नभएको बरु कैदीलाई सिक्ने र तालिम दिने अवसर रहेको उनले बताए ।

जेल प्रशासनले कैँदीहरूको राष्ट्रियता भने सार्वजनिक गरेको छैन । प्रशासनले अप्रिलमा ४० जना विदेशी थुनामा रहेको रिपोर्ट गरेको थियो ।

प्रतिक्रिया