भ्याली भ्यु स्कुलको कक्षा ५ का विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुल, कक्षा ५ मा अध्ययनरत १ सय ३४ जना छात्रछात्राले नागार्जुन नगरपालिकास्थित रानीबारीको मानवसेवा आश्रममा सहयोग गरेका छन्। विद्यार्थीहरूले आश्रममा स्थलगत भ्रमण गरी त्यहाँ रहेका असहाय, रोगी तथा पीडित मानवहरूलाई सहयोग गरेका हुन्।
उनीहरूले फजुल खर्च नगरी आफूले बचाएको २५ हजार ५५ रुपैयाँ मिलेर सहयोग गरेका हुन्। स्वेच्छिक रूपमा आश्रममा आश्रितहरूको भोजन कोषका लागि रकम हस्तान्तरण गरिएको विद्यार्थीहरूले जनाएका छन्।
भ्याली भ्यु स्कुलको सामाजिक अध्ययन विभागले ‘मानवसेवा’ शीर्षकको शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत उक्त भ्रमण एवम् सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको प्राथमिक तह संयोजक सुशीला शर्माले जानकारी दिइन्।
प्रयोगात्मक तरिकाले गरिएको शिक्षण सिकाइबाट बालबालिकालाई गहिरो र दिगो प्रभाव परेकोमा विषय शिक्षकको नाताले आफूलाई निकै सन्तुष्टि मिलेको शिक्षिका हिमा बाँस्तोलाले प्रतिक्रिया दिइन्। मानवसेवा आश्रमका स्वयंसेवक तथा अधिकारीहरूले बालबालिकाहरूलाई आश्रमभित्रका विविध गतिविधिबारे औपचारिक जानकारी दिएका थिए।
यस किसिमका अभ्यासले आदर्श तथा नैतिकवान् नागरिक निर्माणमा सहयोग पुग्ने विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीको विश्वास छ। अशक्त र बेसहाराहरूलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाको विकासको बिजारोपण आजका साना बालबालिकाको मन-मस्तिष्कमा गराउन सके समयसापेक्ष शैक्षिक मर्म सार्थक हुनेभएकाले विद्यार्थीहरूका लागि अभिभावकवर्ग समेतको हौसलायुक्त सहयोगमा सबैलाई सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको कार्यक्रमको आयोजना गरिएको उनले बताए।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया