शनिबार, माघ ३, २०८२

बंगलादेशलाई भारतले दियो १९७ रनको चुनौती

मेरोन्यूज २०८१ असार ८ गते २१:५६

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य दिएको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनायाे ।

भारतका लागि हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए ।

विराट कोहलीले २८ बलमा एक चौका र तीन छक्काको मदतमा ३७ रन बनाए । कप्तान रोहित शर्माले २३ रन बनाए । ११ बलको सामना गरेका रोहितले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै रिसब पन्तले ३६, शिभव दुबेले ३४ रन बनाउँदा सुर्यकुमार यादव ६ रनमा आउट भए ।

बंगलादेशका लागि रिशाद हुसेन र तन्जिम हसन साकिब दुईदुई विकेट लिए । त्यस्तै शकिब अल हसनको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया