बंगलादेशलाई भारतले दियो १९७ रनको चुनौती
मेरोन्यूज
२०८१ असार ८ गते २१:५६

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य दिएको छ ।
सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनायाे ।
भारतका लागि हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए ।
विराट कोहलीले २८ बलमा एक चौका र तीन छक्काको मदतमा ३७ रन बनाए । कप्तान रोहित शर्माले २३ रन बनाए । ११ बलको सामना गरेका रोहितले तीन चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै रिसब पन्तले ३६, शिभव दुबेले ३४ रन बनाउँदा सुर्यकुमार यादव ६ रनमा आउट भए ।
बंगलादेशका लागि रिशाद हुसेन र तन्जिम हसन साकिब दुईदुई विकेट लिए । त्यस्तै शकिब अल हसनको नाममा एक विकेट रह्यो ।
सम्बन्धित
















BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया