कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

काठमाडौँ । जारी कोपा अमेरिकामा भेनेजुएला र मेक्सिकोले विजयी शुरुवात गरेका छन् ।
आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो । भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । १-० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यस खेलमा खेलको २२औं मिनेटमा नै इक्वेडरका इन्नर भलेन्सियाले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा खेलेको थियो । यो जितपछि समुह बी मा भेनेजुएलाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा मेक्सिकोले जमैकालाई १-० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोका लागि खेलको ६९औं मिनेटमा गेरार्ड़ो आर्टिगाले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि समुह बी मा मेक्सिकोले ३ अंक हासिल गरेको छ ।
















सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया