विकासको बहस काम गरेर मात्रै पूरा हुन्छः कांग्रेस नेता डा रिजाल

काठमाडौँ।नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले विकासको बहस काम गरेर मात्रै पूरा हुने बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उनले ठूला ठूला विकास साना कामबाट हुने भएकाले त्यो देखाउन प्रदर्शनी सफल रहेको बताए । गणतन्त्र नेपालको स्तम्भबाट प्रदर्शनी सुरु भएको उल्लेख गर्दै नेता रिजालले पूर्वाधारमा महिलाको सहभागितालाई पनि प्रदर्शनीले समेटेर राम्रो सन्देश दिन खोजेको उनले बताए ।
पूर्वमन्त्री रिजालले यी तस्बिरलाई श्रव्यदृश्यकै माध्यमबाट देखाउनसके अझ प्रभावकारी भई गणतन्त्रका उपलब्धि जीवन्तरुपमा जनसमक्ष आउने विचार व्यक्त गरे । “गणतन्त्र स्थापनापछि भौतिक विकासले निकै फड्को मारेको छ । सुरुङ, सडकबाटो, सिँचाइ, जलविद्युत्, सूचना तथा सञ्चार, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा काम भएका छन् । विकासको बहस काम गरेर पूरा हुन्छ बहस गरेर होइन भन्ने प्रष्ट पार्न पनि प्रदर्शनी सफल भएको छ । यसलाई श्रव्यदृश्यमार्फत जनसमक्ष देखाउन सके अझै राम्रो सन्देश जान्थ्यो”, उनले भने ।
तस्बिर प्रदर्शनीको आजै सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याललगायतको टोलीले पनि अवलोकन गरेको छ ।
गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ ।
















Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया