जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

काठमाडौँ । जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।
यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यो बराबरीपछि जर्मनीको समुह ए मा ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समुह ए बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समुहमा तेस्रो भएको छ । हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ । सबै ६ समुहका तेस्रो स्थानमा रहने शिर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समुह चरणका सबै खेल पछि लाग्ने छ । त्यस्तै ३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया