युरोकप: समुह बी बाट स्पेन र इटाली नकआउट चरणमा

काठमाडौँ । इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो ।
इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल अग्र्दै क्रोसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।
गएराती नै समपन्न समुह बी को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।
यो जितपछि समुह बी मा तिनै खेल जितेर ९ अंक सहित स्पेन शिर्ष स्थानमा रहेको छ र नक आउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समुहमा दोस्रो हुदै नक आउट चरणमा पुगेको छ । त्यस्तै क्रोसियाको ३ खेलमा २ अंक रहेको छ र नक आउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समुह चरणका खेलपछि ६ वटै समुहका तेस्रो स्थानमा रहेका देश मध्ये शिर्ष चारमा रहन सकेमा क्रोसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोसिया पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै समुह बी बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ ।
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया