युरोकप: समुह बी बाट स्पेन र इटाली नकआउट चरणमा

काठमाडौँ । इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो ।
इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल अग्र्दै क्रोसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।
गएराती नै समपन्न समुह बी को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।
यो जितपछि समुह बी मा तिनै खेल जितेर ९ अंक सहित स्पेन शिर्ष स्थानमा रहेको छ र नक आउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समुहमा दोस्रो हुदै नक आउट चरणमा पुगेको छ । त्यस्तै क्रोसियाको ३ खेलमा २ अंक रहेको छ र नक आउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समुह चरणका खेलपछि ६ वटै समुहका तेस्रो स्थानमा रहेका देश मध्ये शिर्ष चारमा रहन सकेमा क्रोसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोसिया पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै समुह बी बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया