विदेशबाट आएका १ युवकको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

सिरहा। सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ।
होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी थिए। धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिए।
मृतक कामती वैदेशिक रोजगारीबाट आज विहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए। मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन्।
कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको वताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनास्थमो प्रकृति मुचुलका उठाउने काम भईरहेकोले तत्काल केही बताउन नसकिने जनाएकोछ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया