शुक्रबार, फागुन १, २०८२

सरकारमा भएकाहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन् : विश्वप्रकाश शर्मा

मेरोन्यूज २०८१ असार ११ गते १६:४२

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अहिले सिंगो तागतमा नभएको टिप्पणी गरेका छन्। नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका कार्यक्रममा बोल्दै सरकारमा भएका दलहरुलाई आआफ्नो चिन्ता भएको बताए।

उनले भने, ‘एउटालाई आफ्नो अध्यक्ष जोडिएको सहकारीबाट मुक्त गराउनु छ। अर्कोलाई आफ्नो अध्यक्ष जोडिएको गिरीबन्धु जग्गा प्रकरणबाट जोगाउन सकियोस् भन्ने चिन्तामा छ। प्रधानमन्त्रीलाई कसरी गणितको रक्षा गर्ने भन्ने मात्रै छ। प्रधानमन्त्रीको दुःख हेर्छु, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ।’

उनले सरकार बलियो नभएकाले अहिले प्रतिपक्ष दल कांग्रेसलाई बलियो बनाएर जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया