परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका विभिन्न चुनौतीहरूलाई सामूहिक सामना गर्न एसिया सहयोग संवादले महत्त्वपूर्ण योगदान पुराएको बताएका छन् ।
इरानको तेहरानमा आयोजित एसिया सहयोग संवादको १९औँ मन्त्रिस्तरीय बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्केका श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, ऊर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराध जस्ता चुनौतीहरूको सामूहिक रूपमा सामना गर्नका लागि बैठकले महत्त्वपूर्ण योगदान पुराएको बताएका हुन् ।
बैठकमा नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मुलुकहरू बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन मद्दत पुगेको उनले बताए ।
एसिया सहयोग संवादको यस बैठकले यसअघिका शिखर सम्मेलन लगायतका बैठकहरूमा भएका निर्णयहरू, समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सदस्य मुलुकहरू बीच आपसी सहयोग, सहकार्य एवं ऐक्यबद्धतामा जोड दिएको उनले बताए ।
एसियाली मुलुकहरुबीच एसिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरूप प्रत्येक वर्ष जुन महिनामा एसिडि डे मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको उनले जानकारी दिए ।
उनले नेपालीसँग हितसम्बन्धी विषयमा पनि साइडलाइन छलफल गरिएको जिकिर गरे ।
बैठकले एसियाली विश्वविद्यालयहरुबीचको सञ्जाललाई विस्तार गरी सदस्य मुलुकहरुबीच सहकार्यका लागि आवश्यक कार्य योजना बनाउन इरानले अध्यक्षता गरेको शिक्षा र मानव संशाधन विकास सम्बन्धी कार्यदललाई निर्देशन दिएको पनि श्रेष्ठले जानकारी दिए ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया