युरोकप: समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
मेरोन्यूज
२०८१ असार १२ गते ७:५१

काठमाडौँ । जारी युरोकपको समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।
गएराती सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए ।
यी बराबरीपछि इङल्याण्ड समुह सी मा ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ ।
त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समुहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् ।त्यस्तै समुह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया