तथ्यमा आधारित भई विपत् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड

काठमाडाैं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि तथ्य र वास्तविकतामा आधारित भई विपत् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिएका छन्।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा संयुक्त रूपमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य र आगलागीजन्य विपत् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा सहसचिव धमलाले कार्यान्वयनयोग्य योजना मात्र प्रभावकारी बन्ने बताए।
‘प्राधिकरणले विपत् न्यूनीकरण गर्न वार्षिक कार्ययोजना बनाए पनि कार्यसम्पादन प्रक्रिया अपेक्षित हुन सकेको छैन,’ उनले भने, ‘विपतमा प्रतिफल खोज्नुभन्दा पनि वेलैमा सावधानी अपनाउनुपर्दछ।’ मानव जीवनमा चाहेर वा नचाहेर विपत् आइलाग्ने भन्दै त्यसको प्रतिकार्यमा सबै क्षेत्र र निकाय एक भएर लाग्नुको विकल्प नभएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपत् जोखिम प्रतिकार्य र जोखिम न्यूनीकरणका लागि सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। मानव जीवन रक्षा र प्रकृतिको संरक्षणका लागि बेलैमा सावधानी पुर्याउनुपर्ने उनले बताए।
गोष्ठीमा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत् शाखाका प्रमुख कृष्णबहादुर रोकायले प्रदेशले मनसुन पूर्वतयारी, प्रतिकार्य र विपत् जोखिम न्यूनीकरणको तयारी गरिरहेको जानकारी दिए। आगलागीजन्य विपत् जोखिम कम गराउन र डढेलोबाट वन जोगाउन किसानलाई प्राेत्साहनमूलक कार्यक्रम ल्याई बाँझो जमिनमा खेती गर्ने नीति ल्याइनुपर्नेमा जोड दिए।










नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया