बिहे गर्न डराउँछन् सलमान, कारण यस्ताे

काठमाडौं । ५८ वर्षको उमेरमा पनि अविवाहित रहँदा सलमान खानलाई निकै प्रश्नहरु आउने गर्छन् । मानिसहरू उनलाई बारम्बार अहिलेसम्म बिहे किन नगरेको भनेर सोधिरहन्छन् । यसअघि सलमानले कसैलाई भेटेपछि बिहे गर्ने र यो नै आफ्नो पहिलो र अन्तिम बिहे होस् भनेका थिए ।
अहिले सामाजिक सञ्जालमा सलमानका पिता सलीम खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी छोरा सलमानको विवाहको कुरा गरिरहेका छन् ।
भिडियोमा, सलीम भन्छन्, ‘सलमान सजिलै सम्बन्धमा आउँछन् तर विवाह गर्ने हिम्मत जुटाउन सक्दैनन् । सलमानको स्वभाव एकदमै सरल छ र उनी सजिलै आकर्षित हुन्छन् । तर, केटीले आफ्नी आमाले जस्तै परिवार सम्हाल्न सक्लान् कि भनेर डराउँछन् । किनभने उनले भेट्टाएका सबै केटीहरू करियर उन्मुख थिए’।
यसअघि एक भिडियोमा सलमानले आफू अझै अविवाहित हुनु उनको गल्ती भएको दाबी गरेका थिए । उनले भनेका थिए ‘पहिलोले छाडेर जाँदा उसको गल्ती लाग्छ, दोस्रोले सम्बन्ध छोडेर जाँदा उसको गल्ती ठान्छौ, तेस्रोले पनि त्यसै गर्दा गल्ती उसको हो भन्ने लाग्छ तर चौथो पटक , तपाईलाई शंका लाग्न थाल्छ, ‘उनीहरूको गल्ती हो कि मेरोरुु सायद यो मेरो डर हो, कि म उनीहरुलाई जीवनमा त्यो खुशी दिन सक्दिन’।
सलमान अन्तिम पटक मनेश शर्माको निर्देशनमा बनेको फिल्म टाइगर ३ मा देखिएका थिए, जसमा कट्रिना कैफ र इमरान हाश्मी पनि थिए। हाल सलमान फिल्म ‘सिकंदर’ को सुटिङमा व्यस्त छन् । रिपोर्टका अनुसार सलमान र रजनीकान्त निर्देशक एट्लीको आगामी प्रोजेक्टमा सँगै देखिनेछन् ।
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया