बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित,६ दिनमा ५०० भन्दा बढीको मृत्यु

काठमाडौँ । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ ।
कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर पछिल्ला ६ दिनमा उनीहरुले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ ।
यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि गएको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।
गत आइतबार र बुधवारको बीचमा कराचीको सिभिल अस्पतालमा तातो स्ट्रोकका कारण २६७ जनालाई भर्ना गरिएको थियो । तीमध्ये १२ जनाको पनि मृत्यु भएको आपतकालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिएका छन् ।
गत साताको अन्त्यमा पाकिस्तानमा बढेको तापक्रमलाई आंशिक गर्मीको लहर पनि भनिएको थियो। जनतालाई राहत प्रदान गर्न गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन् । सहयोगको खाँचोमा परेका धेरै मानिस अस्पतालसम्म पुग्न नसकेको बताइएको छ ।
बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराचीका जनताको लागि ठूलो समस्या भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना सिन्ध प्रान्तको राजधानी कराँचीमा ५२.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया