पर्यटनवाट मधेशलाई समृद्ध वनाउन हामी तयार छौँ -मुख्यमन्त्री सिंह

महोत्तरी ।होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव वनाउने योजनामा आफुहरु अग्रसर भएको वताएका छन ।
मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडी बढीसकेको वताउदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकिय गन्तव्य वनाउने प्रतिवद्वता जनाए ।
महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा सुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकिय गन्तव्य वनाउने योजनाहरु सुनाउदै गौतमले मधेशमा निजि लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको वताए ।
प्राकृतिकरुपमा वाहय र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरु ओझेलमा परिरहेकोप्रती समर्थन जनाउदै सिक्षा तथा संस्कृती राज्यमन्त्री सारदादेवी थापाले पर्यटनवाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन ।
यता पर्यटन व्यवसायीहरु र जनप्रतिनिधिहरुको योजना सुनेपछी मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।
होटलहरु खुलेतापनी पर्यटकहरुलाई रोक्न नसकेको स्विकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उन्को भनाई छ ।
प्रदेश सरकारले विभिन्न सर्किटहरु निर्माण गरेर पर्यटन पर्वद्वनको अभियान वनाएको छ ।´ मुख्यमन्त्री सिंहले भने ।पर्यटनको लागि क्षेत्रहरु खोजीरहेका छौ यस्मा तपाईहरुले पनि सहयोग गर्नुपर्छ ।´
















निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
निर्वाचन २६ दिन बाँकीः चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण
प्रतिक्रिया