टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन सहमत भएका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न सहमत भएको कानुन मन्त्री पदम गिरीले जानकारी दिए ।
‘टीआरसी विधेयकलाई कसरी अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी निष्कर्षमा पुर्याउने विषयमा प्रमुख तीन दलका नेताबिच बैठक सम्पन्न भयो’, उनले बैठकपछि भने,
‘खासगरी सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’
उनले संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामामा जुट्न नसकेको सहमति जुटाउन गृहकार्य गर्ने र निकट भविष्यमा सहमतिका साथ अघि बढ्ने निर्णय भएको बताए ।
टीआरसी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुङ्ग्याउने भनिएको थियो । त्यस्तै गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबिच मतभेद छ ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको बुधबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू सहभागी थिए । मन्त्री गिरीले अर्को बैठक चाँडै बसेर टुङ्ग्याउन नेताहरु सहमत भएको बताए ।
















सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया