सोमबार, असार १७, २०८१

सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

मेरोन्यूज २०८१ असार १५ गते १३:५७

काठमाडौं। नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख एस्ले टोजेले सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् ।

Advertisement

नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उपप्रमुख टोजेले अमेरिका र चीनलाई पछि पार्दै सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्धका जानकारसमेत रहेका टोजेले १० हजार पुरानो सभ्यता, वैदिक ज्ञानजस्ता कारणले पनि भारतसँग विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने क्षमता रहेको बताए ।

भारतीय सञ्चार माध्यमका अनुसार विश्वले भारतसँग कति क्षमता छ भन्ने देख्नै बाँकी रहेको उनको भनाइछ।

प्रतिक्रिया