सरकारमा फर्किँदै फणीन्द्र देवकोटा, आइतबार शपथ हुने

पोखरा । फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद् फर्किएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा सरकारमा सामेल हुने भएका छन् । उनलाई आइतबार शपथको तयारी गरिएको छ ।
देवकोटाले जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले सांसदबाटै निष्कासन गरेको थियो । तर उनी उक्त निर्णयको विरुद्ध सर्वोच्च गएका थिए ।
सर्वोच्चले देवकोटाको पार्टी नेपाल समाजवादी नै उल्लेख भएकोले माओवादीले कारबाही गर्न नसक्ने भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्ने गरी अन्तरिम आदेश दिएको थियो ।
देवकोटा यसअघि जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । अहिले पनि सोही मन्त्रालयमा दोहोरिन लागेका हुन् । आइतबार १० बजे शपथ गराउने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
७ सदस्यीय मन्त्रीमण्डल रहेको गण्डकीमा हालसम्म ४ जना मात्रै मन्त्री छन् । कांग्रेसका ३ र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्रीका रूपमा कार्यरत छन् ।
सरकारलाई समर्थन गरेको राप्रपाले अहिले नै सरकारमा जाने छनक देखाएको छैन । केन्द्रीय नेतृत्वले तत्काल सरकारमा सहभागी नहुने निर्देशन पठाएपछि राप्रपा सरकारबाट बाहिर बसेको हो । राप्रपाकै लागि दुई वटा मन्त्रालय खाली राखिएको छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया