शनिबार, चैत २८, २०८२

फणिन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा मन्त्रीमा पुन: नियुक्त

मेरोन्यूज २०८१ असार १६ गते १४:५०

काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुन: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।

देवकोटा यसअघि ऊर्जा मन्त्री थिए। तर,नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनी मन्त्री पदबाट पदमुक्त भएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले उनकै पक्षमा फैसला गरेपछि देवकोटा पुन: मन्त्री बनेका हुन्।

प्रतिक्रिया