पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलमा मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले बढाइएको छ ।
मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम गरिएको छ ।
दोस्रो वर्गअन्तर्ग पर्ने स्थानमा ट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेकोछ ।
















खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया