एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’
काठमाडौं । दस वर्षे द्वन्द्वपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेख रहने गरी कलात्मक डिजाइनसहित “शान्ति ग्यालरी”को स्थापना गरिएको छ ।
मानव अधिकारका लागि एकल महिला समूहले बुढानिलकण्ठ–७ स्थित छहारीको भवनमा बनेको शान्ति ग्यालरीको सोमवार राजधानीमा उद्घाटन गरिएको हो ।
सो अवसरमा शान्ति स्थापनाको लागि समग्र नेपाली महिलाले पुर्याएको योगदान झल्काउने “आराध्याती” सालिकको पनि अनावरण गरिएको थियो ।
सो ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पुर्याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटोहरु घटनाक्रमको वर्णनसहित राखिएका छन् ।
शान्ति ग्यालरीमा नेपालले झेलेको दस वर्षे जनयुद्ध र त्यसबाट नेपाली समाजलाई परेको प्रभाव, धेरै महिलाले एकल भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेको सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगहरुका गतिविधीलाई तिथिमितिसहित चित्र र फोटोहरुमा हेर्न र पढ्न पाइन्छ ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले भनिन् ,“नेपाली समाज व्यवस्थामा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हिंसा हुने सम्भावना छ, एकल भएपछि भोग्नुपर्ने विडम्वनाको त बयान गरी साध्य छैन, यस्तो परिस्थतीमा लिली थापालगायतले जुटेर देखाएको हिम्मतले शान्ती ग्यालरीको स्थापना गरेर योगदान पुर्याएको छ ।”
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमानको मृत्युपछि बालबच्चासहित समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्न सक्ने शसक्त महिलाको योगदानलाई शान्ती ग्यालरी र आराध्याती सालिकका रुपमा अभिलेखीकरण गरिएको बताइन् ।
उनले संस्कृत शब्दमा आराध्यातीको अर्थ बलिदानी र योगदानी हुने प्रसङ्ग उल्लेख गर्दै समाज व्यवस्थालाई जत्तिसुकै विपत्ती आइपरे पनि साहस र सुझबुझका साथ कायम राख्ने सबै महिला आराध्याती हुन्, भनिन् ।
समूहका अध्यक्ष कविता पाँडेले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र आफु कम्बोडियाको भ्रमण जाँदा त्यहाँको शान्ति ग्यालरीको अवलोकन गरेपछि फुरेको विचारलाई नेपाल आएर मूर्त रुप दिने क्रममा शान्ति ग्यालरीको जन्म भएको जानकारी दिइन् ।
नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलीसिटी भोल्कले नेपाली एकल महिलाको समूहले गरिरहेको महिला सशक्तिकरणको अभियान प्रेरणादायी र अनुकरणीय रहेको भन्दै प्रसंसा गरिन् ।
सो अवसरमा युएन वुमन संस्थाका प्रमुख प्याट्रियाले एकजुट हुनु नै शक्ति हुन् भन्ने उदाहरण नेपाली एकल महिला समूहले प्रस्तुत गरेको र शान्ति ग्यालरीले सिङ्गै समाजलाई सशक्तिकरणतर्फ हिड्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
विकासका लागि साझेदार संस्था कुर्वे व्रुस्ट्रोका कन्ट्री संयोजक क्लेमेन्स रोसामानिथले नेफाली एकल महिलाको सशक्तिकरण र दुःखलाई बिर्सेर अगाडि बढ्ने सकारात्मक शत्तिको साझी बन्ने अवसरका लागि आफुलाई भाग्यवनी ठानेको बताए ।
उनले समस्यालाई जुटेर समाधान गर्ने स्वाभाव, दुःखबाट पनि पाठ सिक्नेरसिकाउने निक्कै प्रेरणादायी अभियानसँग जोडिन पाउनु कुर्वे ब्रुस्टोका लागि समेत विशेष अवसर भएको बताएका छन् ।
सो अवसरमा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले एकल महिला समूहले लिएको सामुहिक हितको उद्देश्य र लक्ष्यले निक्कै गौरव लागेको बताए ।
नेतृ पार्वती बिसङ्खेले छहारीमा स्थापना भएको शान्ति ग्यालरीमा आफ्नो विगतको कथा पनि अभिलेखिकरण गर्ने अवसर पाएको र सधैं महिला मानव अधिकारका लागि प्रतिवद्ध रहेको बताइन् ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया