गण्डकी प्रदेशको बजेट पारित

गण्डकी । गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ।
आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले आजको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो।
आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गरेको दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। दुवै प्रस्तावका पक्षमा प्रदेशसभाको बहुमत देखिएकाले सभामुख धितालले बहुमतले विधेयक पारित भएको घोषणा गरे।
प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, देवका पहाडी त्रिपाठीलगायत आठ जना प्रदेशसभा सदस्यले राखेको बजेट संशोधनको प्रस्ताव प्रदेशसभाको बहुमतद्वारा अस्वीकृत भएको थियो।
बजेट पारित हुनुअघि विनियोजन विधेयक र आर्थिक विधेयकमाथि प्रदेशसभामा दफाबार छलफल भएको थियो। सरकारले आगामी आवका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको छ। चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ रु २० अर्ब १९ करोड रहेको छ।
















दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया