सगरमाथा आरोहणको इतिहासबारे वृत्तचित्र प्रदर्शन सुरु

गण्डकी । पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ वृत्तचित्रको प्रदर्शन सुरु गरिएको छ ।
अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ वृत्तचित्र प्रदर्शन गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला आचार्यले जानकारी दिए।
उनका अनुसार सङ्ग्रहालयमा आउने पर्यटकलाई वृत्तचित्र नियमित देखाइनेछ । जोन पोर्टर र डन बुसले निर्माण गरेको वृत्तचित्र ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।
एक सय वर्षअघि सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पासहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तिनै विषयलाई समेटेको वृत्तचित्र देखाउन सुरु गरेको सङ्ग्रहालयले त्यति बेलाका तस्बिरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर गत जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो ।
स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरको आजैदेखि प्रदर्शनी गरिएको हो । प्रदर्शनीको उच्च अदालत पोखराका न्यायाधीश धनसिङ महराले उद्घाटन गरे । सन् १९७५ मा स्लोभेनियाका नागरिकले मकालु हिमालको आरोहणपछि विश्वका १४ वटा हिमाल आरोहण गरिसकेका छन् । पर्वतारोहण सङ्घले सञ्चालन गर्दै आएको मनाङ माउन्टेनेरिङ स्कुलमा पर्वतारोहणका लागि गाइड तालिमका तस्बिर पनि प्रदर्शनीमा रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नाटा गण्डकीका अध्यक्ष हरिराम अधिकारी, टेवानका अध्यक्ष कमला गिरी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा रामजी शर्मा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका सल्लाहकार हरिध्वज तुलाचनलगायते उपस्थिति थियो ।
हिमाल र हिमाली जनजीवनबारे अध्ययन अनुसन्धान गर्न चाहनेका लागि अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्यटकको आकर्षण बनेको छ । पोखरा महानगरपालिका वडा नं १७ रातोपैह्रामा एक सय रोपनी क्षेत्रफलमा रहेको सङ्ग्रहालय नेपाल पर्वतारोहण सङ्घको मातहातमा सञ्चालित छ । सङ्ग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई जीवन्त रुपमा चित्रण गर्न खोजिएको छ । सङ्ग्रहालयमा सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको जनाइएको छ ।
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया