नेपाली बजारमा नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी ल्याउँदै रियलमी

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
रियलमी १२ एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ । त्यस्तै रियलमी नार्जो ७० प्रो फाइभ जीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ । दुवै स्मार्टफोनहरूमा ५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँग चलाउन सक्छन् ।
नार्जो ७० प्रो फाइभ जी
नार्जो ७० प्रो फाइभ जीको फ्ल्यागशिप सोनी आइएमएक्स ८९० ओआइएस् क्यामरा र मास्टर शट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाउनेछन् । यसमा २००० निट्सको पीक ब्राइटनेस र १२० हजर्को अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्दछ । त्यस्तै यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फंक्सनहरु हाई पर्फर्मेन्स र स्मूथ हुन्छन् । ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मिश्रण हो ।
रियलमी १२ एक्स फाइभ जी
रियलमी १२ एक्स फाइभ जीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१००+ फाइभ जी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारीता प्रदान गर्दछ । ९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जको एफ्एच्डि प्लस डिस्प्ले भएको यो रियलमी १२ एक्स फाइभ जीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ । रियलमी १२ एक्स फाइभ जीको ५० एमपि कलर एआइ क्यामराले मिहिनताका साथ उत्कृष्ट फोटो लिन सक्छ । त्यस्तै ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ ।
रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको छ ।

















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया