राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये विभिन्न सात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको छ ।
बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको हो ।
छलफलमा भाग लिँदै सांसद कमला पन्तले कुनै पनि व्यक्तिलाई रोग लाग्नै नदिनेतर्फ सरकार संवेदनशील हुन नसकेको टिप्पणी गर्नुभयो । साथै उहाँले बीमा कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्ने, महिला स्वास्थ्य स्वयंसेवकको सम्मान हुनुपर्नेमा जोड दिए ।
सांसद नरबहादुर विष्टले सरकारले ल्याएको बजेटमा मन्त्रीको निर्वाचन क्षेत्रमा बढी रकम विनियोजन हुने गरेको बताउँदै जनतामा खानेपानीको पहुँचमा पुर्याउन आवश्यक योजना बनाउनुपर्नेमा जोड दिए ।
सांसद नारायणदत्त मिश्रले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई पब्लिक प्राइभेट पार्टनरसिपमा लैजान जरुरी रहको उल्लेख गरे ।
सांसद तुलसाकुमारी दाहालले जलवायु परिवर्तनका कारण नेपाली जनताले भोग्नुपरेको जोखिम र प्राकृतिक विपद्को सम्बन्धमा अति विकसित राष्ट्रले प्राप्त गर्ने सुविधा र सहयोगको सम्बन्धमा लिनुपर्ने पहलकदमीलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य स्वंयसेविकालाई उपदान दिने रकम पुरस्कृत गर्ने योजना ल्याउन सरकार समक्ष आग्रह गरे । बैठकमा सांसदहरु पूजा चौधरी, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गाकुमारी गुरुङ, सोनामगेल्जेन शेर्पा, गोपाल भट्टराई, विष्णुकुमारी सापकोटालगायतले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरे ।
बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया