राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये विभिन्न सात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको छ ।
बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको हो ।
छलफलमा भाग लिँदै सांसद कमला पन्तले कुनै पनि व्यक्तिलाई रोग लाग्नै नदिनेतर्फ सरकार संवेदनशील हुन नसकेको टिप्पणी गर्नुभयो । साथै उहाँले बीमा कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्ने, महिला स्वास्थ्य स्वयंसेवकको सम्मान हुनुपर्नेमा जोड दिए ।
सांसद नरबहादुर विष्टले सरकारले ल्याएको बजेटमा मन्त्रीको निर्वाचन क्षेत्रमा बढी रकम विनियोजन हुने गरेको बताउँदै जनतामा खानेपानीको पहुँचमा पुर्याउन आवश्यक योजना बनाउनुपर्नेमा जोड दिए ।
सांसद नारायणदत्त मिश्रले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई पब्लिक प्राइभेट पार्टनरसिपमा लैजान जरुरी रहको उल्लेख गरे ।
सांसद तुलसाकुमारी दाहालले जलवायु परिवर्तनका कारण नेपाली जनताले भोग्नुपरेको जोखिम र प्राकृतिक विपद्को सम्बन्धमा अति विकसित राष्ट्रले प्राप्त गर्ने सुविधा र सहयोगको सम्बन्धमा लिनुपर्ने पहलकदमीलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य स्वंयसेविकालाई उपदान दिने रकम पुरस्कृत गर्ने योजना ल्याउन सरकार समक्ष आग्रह गरे । बैठकमा सांसदहरु पूजा चौधरी, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गाकुमारी गुरुङ, सोनामगेल्जेन शेर्पा, गोपाल भट्टराई, विष्णुकुमारी सापकोटालगायतले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरे ।
बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया