एकल महिला सुरक्षा कोषको रकम उपयोग गर्न माग

काठमाडौँ । एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गरेका छन् ।
राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त कोषको रकम उपयोग गर्न माग गरेका हुन ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिला सवाललाई आयोगको तर्फबाट कायान्र्वयन गर्न सिफारिस गर्ने बताएकी छन् । साथै उनले आयोगले चालु आर्थिक वर्षमा सात वटै प्रदेशमा एकल महिलासम्बन्धी कार्यक्रम गरेर अवस्था अनुगमन गरेको जानकारी दिइन् । “यही आवाजलाई हामी सरकार समक्ष पु¥याउने मात्रै होइन, कार्यान्वयन गराउनसमेत जोड दिने छौँ”, उनले भनिन् ।
राष्ट्रियमानव अधिकार आयोगका सदस्य लीली थापाले एकल महिलाको संरक्षण गर्न बनाएको एकल महिला सुरक्षाकोष पाँच वर्षसम्म उपयोग नहुनुले मुलुकका सात प्रतिशत जनसङ्ख्या भएका एकल महिलाले कठिनाइ भोगेको बताइन् । “पाँच वर्षमा चार महिलामन्त्री परिवर्तन हुनुभयो, तर, कोषको उपयोग हुनसकेन”, उनले भनिन्, “कोषमा छ करोड बजेट फ्रिज भएको छ, एकल महिलाले दुःख पाएका छन् ।” उनले महिला मन्त्रालयले कोषको उपयोगमा तुरुन्तै ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा कविता पाण्डेले एकल महिलाको अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेकी हुन् । उनले विश्वभरी एकल महिलाको अवस्था दयनीय रहेको तथ्य देखाउँदै नेपाली एकल महिलाको स्थीति दर्दनाक रहेको बताइन् । “राज्यले एकल महिलाको न्यायका लागि राम्रा कानुन बनायो तर, कार्यान्वयन गराउन सकेन,” उनले भनिन्, “बनेका कानुन र नीति तुरुन्तै लागू गर्न सरकारलाई दबाब दिन आवश्यक छ ।”
















दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया