बुधबार, पुष ३०, २०८२

एकल महिला सुरक्षा कोषको रकम उपयोग गर्न माग

मेरोन्यूज २०८१ असार १८ गते २०:१०

काठमाडौँ । एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गरेका छन् ।

राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त कोषको रकम उपयोग गर्न माग गरेका हुन ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिला सवाललाई आयोगको तर्फबाट कायान्र्वयन गर्न सिफारिस गर्ने बताएकी छन् । साथै उनले आयोगले चालु आर्थिक वर्षमा सात वटै प्रदेशमा एकल महिलासम्बन्धी कार्यक्रम गरेर अवस्था अनुगमन गरेको जानकारी दिइन् । “यही आवाजलाई हामी सरकार समक्ष पु¥याउने मात्रै होइन, कार्यान्वयन गराउनसमेत जोड दिने छौँ”, उनले भनिन् ।

राष्ट्रियमानव अधिकार आयोगका सदस्य लीली थापाले एकल महिलाको संरक्षण गर्न बनाएको एकल महिला सुरक्षाकोष पाँच वर्षसम्म उपयोग नहुनुले मुलुकका सात प्रतिशत जनसङ्ख्या भएका एकल महिलाले कठिनाइ भोगेको बताइन् । “पाँच वर्षमा चार महिलामन्त्री परिवर्तन हुनुभयो, तर, कोषको उपयोग हुनसकेन”, उनले भनिन्, “कोषमा छ करोड बजेट फ्रिज भएको छ, एकल महिलाले दुःख पाएका छन् ।” उनले महिला मन्त्रालयले कोषको उपयोगमा तुरुन्तै ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा कविता पाण्डेले एकल महिलाको अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेकी हुन् । उनले विश्वभरी एकल महिलाको अवस्था दयनीय रहेको तथ्य देखाउँदै नेपाली एकल महिलाको स्थीति दर्दनाक रहेको बताइन् । “राज्यले एकल महिलाको न्यायका लागि राम्रा कानुन बनायो तर, कार्यान्वयन गराउन सकेन,” उनले भनिन्, “बनेका कानुन र नीति तुरुन्तै लागू गर्न सरकारलाई दबाब दिन आवश्यक छ ।”

प्रतिक्रिया