फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

धादिङ । यहाँको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पु(याएको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पु(याएपछि किसान चिन्तित बनेका छन् ।
वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए । अहिले उनीहरु निरास बनेका छन् । “वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो । अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ”, झार्लाङका स्थानीय नासुन तामाङले भने, “महामारीको चक्रमा त फस्यौँ नै । बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन ।”
खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । “दिनदिनै कीराको प्रकोप बढेको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आएको छैन । चिमोट्दै मार्दै गरेका छौँ । तर प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ”, तामाङले भने ।
आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउँछिन । “फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ”, तिवारीले भनिन्, “केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै मात्रै क्षति पु(याएको थियो, सखापै पारेको भए सबै किसानलाई विषादी प्रयोग गर्न लगाउँछौँ ।”
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया