गृह मन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनवाइ
मेरोन्यूज
२०८१ असार १९ गते ८:१३

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेको थियो ।
त्यसअघि न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यो विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो ।
सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । साथै रिटमा कुनै पनि सहकारी ठगी प्रकरणमा नमुछिएको भन्दै लामिछानेलाई क्लिनचिट दिने महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया