बिहान अबेरसम्म सुत्ने बानीका कारण स्वास्थ्यमा आउन सक्छन् यी समस्या

स्वस्थ रहन स्वस्थ खानपान र जीवनशैली पनि स्वस्थ अपनाउनुपर्छ । स्वस्थ जीवनशैलीभित्र पर्ने एक प्रकिया हो, गहिरो निद्रा । सुत्नु मानव स्वास्थ्यका लागि मात्र नभएर दैनिक जीवनयापनका लागि समेत अनिवार्य कर्म हो । सुत्दा दिमाग तिखो हुन्छ भने शरीरमा दिनभरी काम गर्नका लागि ऊर्जा पैदा हुन्छ ।
तर, बिहान अबेरसम्म सुत्ने गरियो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । स्वस्थ रहनका लागि व्यवस्थित सुत्ने र उठ्ने बानीको विकास गर्नुपर्छ । कम्तिमा पनि ५ देखि सात घण्टासममको गहिरो निन्द्रा आवश्यक पर्छ । यो भन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुने विशेषज्ञहरु बताउँछन् ।
अहिले इन्टरनेट र मोबाइलको जमाना छ । अधिकांश मानिसहरु इन्टरनेटसँगै रमाइरहेका हुन्छन् । जसलाई खाने, सुत्ने र उठ्ने समयको समेत वास्ता हुँदैन । राती अबेरसम्म नसुत्ने र बिहान पनि अबेरसम्म नउठ्ने बानीले हाम्रो जीवशैलीमा नकरात्मक प्रभाव पारेका थाहै हुँदैन् ।
एक अध्ययनको अनुसार बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिष्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ । जसलाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया एउटा मानसिक रोग हो जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन्। धेरै सुत्दा कयौं प्रकारको हर्मोनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ। सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ दिमागसम्बन्धी समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ।
लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चिकित्सकहरुसँग यसको समस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ । लामो समय वा बिहान अबेरसम्म सुत्दा आउने अन्य नकरात्मक असरहरु हेर्नुहोस् ।
मोटोपना
धेरै सुत्नेको एउटा नकारात्मक कारक भनेको मोटोपना बढ्नु हो । धेरै समयसम्म सुत्नुका बिचमा मोटोपना बढ्नुको सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् । यसैले यो बानी छ भने छाडील्नुस् ।
रिस धेरै उठ्ने र स्मरण शक्तिमा समस्या
अल्छी गरि विहानसम्म सुत्दा अर्को ठूलो बेफाइदा छ । जसले तपाईको समय मात्रै खादैन । रिसाहा बनाउँदै लग्छ । धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ । धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा सिधा पर्दछ । जसले हाम्रो क्रियटिभी घटाउँदै लग्छ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ । कार्यको नतिजा कम आउँछ ।
मुटुको समस्या निम्त्याउँछ
मुटु मानिसको मूख्य अंग हो । जसले तपाईको जीवन चलायमान बनाइरहेको हुन्छ । तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।
ढाडमा समस्या
जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने समस्या बढ्दै जान्छ । धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । जसले दीर्घकालसम्म असर गर्दछ । धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।
कब्जियतको समस्या
जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ । सुत्ने बानीलाई सुधार्नुपर्दछ ।
टाउको दुखाई
धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुख्ने समस्या आउँछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ । एजेन्सीको सहयोगमा
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया