नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजादै गरेको अबस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका तस्कर शेख हसिमको छोरा बर्ष १८ को शेख आबिद आलमलाई पक्राउ गरेको हो ।
गाई ८ वटा र बाछो १ वटासहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनि फरार रहेकोले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । पछिल्लो समय रौतहट प्रहरी एउटा अभियानको रुपमा तस्करी नियन्त्रण गर्न लागिरहेको स्थानीयहरूले बताएका छन ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया