नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजादै गरेको अबस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका तस्कर शेख हसिमको छोरा बर्ष १८ को शेख आबिद आलमलाई पक्राउ गरेको हो ।
गाई ८ वटा र बाछो १ वटासहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनि फरार रहेकोले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । पछिल्लो समय रौतहट प्रहरी एउटा अभियानको रुपमा तस्करी नियन्त्रण गर्न लागिरहेको स्थानीयहरूले बताएका छन ।
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया