हनिमुनमा सोनाक्षी-जहीर

काठमाडौँ । सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।
मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा जहीरसँग स्विमिङ पुलमा रहेको तस्बिर सेयर गरेकी छिन् ।
तस्बिरहरूमा जहीर-सोनाक्षी एक अग्लो भवनको स्विमिङ पुलमा रहेको बुझ्न सकिन्छ । तस्विर शेयर गर्दै सोनाक्षीले लेखिन्, ‘सुन्दर सूर्यास्त’ । यससँगै उनले हार्ट इमोजी पनि बनाएका छन् ।
जहीरले यी तस्विरहरू पुनः सेयर गर्दै सोनाक्षीको लागि रोमान्टिक क्याप्सन पनि लेखेका छन् । सोनाक्षीको सौन्दर्यको तुलनामा सूर्यास्त फिक्का भएको भन्दै उनले लेखेका छन्, ‘मैले योभन्दा धेरै सुन्दरता देखेको छु ।
सोनाक्षीले गत जुन २३ मा जहीरसँग विवाह गरेकी हुन् । उनले दर्ता विवाह गरेकी हुन् । उनको विवाहपछि हिन्दु-मुश्लिम विवाह भएको भन्दै विवाद समेत भएको छ । उनका भाई विवाहमा उपस्थित नभएको विषय पनि भारतीय मिडियामा चर्चाको विषय बनिरहेको छ ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया